stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महिला पत्रकारमाथि अनलाइन हिंसा बढी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सर्वाधिक महिला हिंसा हुने गरेको एक अध्ययनले देखाएको छ ।

मिडिया एडभोकेसी ग्रुपले गरेको एक अध्ययनले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट हुने गरेको देखाएको छ ।

सो अध्ययन प्रतिवदेन अनुसार ८८.६ प्रतिशत सहभागी हिंसाको सिकार भएको देखिएको छ ।निजी सञ्चार गृहहरुमा कार्यरत महिला पत्रकार बढी हिंसाको सिकार हुने गरेका छन् ।

२०२२ मे १ देखि अगस्त ३१ सम्म गरिएको अध्ययनमा छापा विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २ सय ८१ जना महिला पत्रकार सहभागी थिए ।

प्रतिवेदन सार्वजनिक गर्दै सञ्चार सचिव डा। बैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यम तुलनात्मक सुरक्षित रहेको देखिएपनि आपराधिक गतिविधि नियन्त्रणमा राज्यका संयन्त्र प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

उहाँले अपराध नियन्त्रणका लागि सबै निकायको समन्वयात्मक भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चार गृहहरु नै महिला पत्रकारका लागि असुरक्षित देखिनु गम्भीर विषय भएको बताउनुभयो ।

सबैले हिंसाको खुलेर प्रतिकार गर्न सके राज्यका निकायलाई प्रभावकारी काम गर्न सहज हुने उहाँले बताउनुभयो । पोखरेलले राज्यका निकायबीच काम गर्ने क्षेत्राधित्रकारमा विवाद हुँदा प्रभावकारी कारवाही हुन नसक्नु पनि हिंसा बढ्नुको कारण रहेको दावी गर्नुभयो ।

prabhu mahalaxmi
kumari