रियलमीको उत्सवको बहार हरेक दिन उपहार क्याम्पेनको विजेता घोषणा, विजेताहरुले पाए वासिङ मेसिन र टिभी
काठमाडौंँ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ । गतअसोज १० गतेदेखि गते कार्तिक १४ गतेसम्म शुरु भएको उक्तक्याम्पेनका विजेताहरुलाई यहि मंसिर ११ गते पुरस्कार प्रदान गरिएको हो ।
जस अन्तर्गत बुटवलकि सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्ण बहादुर मल्ल(अलिशामोबाइल सेन्टर) ले ७ केजिको वाशिङ मेसिन जित्न सफल हुनुभएको छ।
त्यस्तै सामाखुशीका सुजन बस्नेतले ( लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि (८/१२८जिबि) जित्न सफल हुनुभएको छ ।
रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो ।
त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०–२३२ जिबि) लगायतका उपहारहरु पनि समावेश थिए ।
पुरस्कार विजेताहरुलाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले भन्नुभयो, यस रियलमीउत्सवको बहार हरेक दिनउपहारमा सहभागिहुनुभएका सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई धन्यवाद र बम्पर पुरस्कार जित्न सफल सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु ।
हामी सँधै हाम्रा उपभोक्ताहरुको लागि सुपथ मुल्यमा र सहि समयमा नवीनतम प्रविधीहरु प्रदान गर्न तत्पर छौँ ।
यसै कारणले गर्दा हामीलाई हाम्रा उपभोक्ताहरुले सदैव माया गरिरहनुभएको छ, साथ दिनुभएको छ । तपाईंहरुको यो माया र विश्वास प्रती हामी सदैव आभारी छौँ ।
रियलमीले नवीनतम प्रविधी युक्त फोनहरु सर्वसुलभ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ ।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावलि तथा छठको उपलक्ष्यमा रियलमीले आफ्ना उपभोक्ताहरुको लागि आकर्षक अफर ल्याएको थियो ।
आफुले खरिद गरेको सेटको मोडल, आइएमइआइनम्बर, आफ्नो नाम लगायतका विवरणहरु रियलमीको वेबसाइटमा दर्ता गरेका उपभोक्ताहरुलाई यस अफरमा सहभागि गराइएको थियो ।























