लकडाउन फेरि लम्ब्याउने सरकारको तयारी, निर्णय आज मन्त्रिपरिषद्ले गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २४ गते बुधबार

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन संकेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिम अनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षेत्रगत लकडाउनमा जाने बेला भयो र भन्ने प्रश्न छलफलमा उठेको एक मन्त्रीले जानकारी दिए ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले सरकारले नेपाल सरकारले अख्तियार गरेको नीति, कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिरहेका सबै पयास नै ठीक भएको निष्कर्ष निकालिएको बताए ।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौं भन्ने निष्कर्ष बैठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

मन्त्रिपरिषदको बैठक आज बुधबार ११ बजेका लागि बोलाइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय पर्सि २५ गते विहिबार सकिँदैछ।

IME Lifesidebar
kumari