sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विराटनगर महानगरद्वारा फुटपाथ र टहरा हटाउन सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको छ ।

विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फुटपाथ नियन्त्रण गर्न महानगरपालिका लागेको हो ।

विराटनगरको मेनरोडबाट अभियान सुरु गरेको छ । महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्यूनिकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेर अभियान थालेको हो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो ।

पसलको सटर भन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रिज, माला र प्लाष्टिकका कुर्सी लगायतका सामान हटाइएको छ ।

अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ ।

यात्रुलाई हिँड्न सहज बनाउन र बजारको सौन्दर्य कायमा राख्न जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताउनुभयो । व्यापारीले भने सामान हटाउनका लागि केही दिन समय दिन महानगरसित आग्रह गरेका छन् ।

prabhu bank
nawakantipur long