sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ४३ औं अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको नारा ‘महिला विरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको छ ।

सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो । डोमिनिकन रिपब्लिकमा तात्कालिन समयमा त्यहाँका तानाशाहा राफेल टुलिजाले तीन मिरावल महिला अधिकारकर्मीलाई विभत्स तरिकाले हत्या गर्न आदेश दिएको बताइन्छ ।

उनको आदेश अनुसार ती तीन मिरावल दिदीबहिनीको हत्या गरिएको थियो । त्यसदिनको सम्झनामा हरेक वर्ष १९८१ देखि महिला हिंसा अन्त्य दिवस मनाउन थालिएको हो ।

यसैगरी २००० फेब्रअरी ७ देखि संयुक्त राष्ट्र संघको महासभाले पनि नोबेम्वर २५ अर्थात आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रुपमा औपचारिक रुपमा मनाउन सुरू गरेको हो ।

gold
prabhu bank
nawakantipur long