तीन प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।