sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

 नेपाली रेल सेवा आजदेखि ४ दिनसम्म बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

जयनगर–कुर्था रेल्वे मार्गमा सञ्चालित नेपाली रेल सेवा बिहीवारदेखि ४ दिनसम्म बन्द हुने भएको छ ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी बिहीवारदेखि मंसिर ४ गते आइतवारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सीमानाका बन्द हुने भएकाले रेल सेवा समेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए । मंसिर ५ गते सोमवारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने उनले बताए ।

prabhu bank
nawakantipur long