stcnepal long ad
ime life insurance
national life
global ime bank long

सदस्यसचिव गुरूङलाई स्पष्टीकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचार–प्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।

तपाईं  राष्ट्रिय  खेलकूद  परिषद्‍को  सदस्य सचिव रहेको  व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषायमा स्पष्ट खलाई पेश गर्न स्पष्टीकरण पत्र भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (कं) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रचारप्रसार गरेको भएमा उक्त कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुने हुन्छ ।

तपाईं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को रामेछाप जिल्लामा भएको कार्यक्रममा सहभागी हुनु भएको होईन भन्ने आधार कारण के छ? तपाईंले कुनै दलको प्रचार–प्रसार गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही हुन सक्ने भएकोले उक्त कारवाही किन हुनु नपर्ने हो? यो प्राप्त भएको मितिले २४ घण्टा भित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन भनिएको छ ।

IME Lifesidebar
kumari