stcnepal long ad
ime life insurance
national life
global ime bank long

सवारी लाइसेन्स छाप्ने नयाँ ‘मास प्रिन्टर’ किन्न बोलपत्र आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास प्रिन्टर किनेर लाइसेन्स छाप्दै आएको छ ।

साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो ।

अहिलेको मास प्रिन्टरले एक घण्टामा १५ सय वटा लाइसेन्स छाप्न सक्छ । कम्तीमा अहिले प्रयोगमा रहेको प्रिन्टरको क्षमता नघट्ने गरी अर्को प्रिन्टर किन्न लागिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए ।

मागअनुसार लाइसेन्स छाप्न नसकिएकाले ‘ब्याक लग’ संख्या दिनानुदिन बढ्दो छ । लाइसेन्स वितरणलाई नियमित गर्ने हो भने दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर, हाल औसत निकै थोरै मात्रामा लाइसेन्स प्रिन्ट हुन्छ ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौँको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ ।

कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्स वितरण थालेपछि लाइसेन्सको माग र छपाइको सन्तुलन मिलेको छैन ।

जसका कारण एक वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या छ । त्यसमाथि बेलाबेलामा छपाइ गर्ने कार्ड सकिने समस्या दोहोरिरहन्छ ।

IME Lifesidebar
kumari