sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ ।

उहाँ आज मंगलबार बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हो।

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरिएका हुन् । प्रधानमन्त्री देउवा आगामी मंसिर १ गते साँझ मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

उहाँको निर्वाचन क्षेत्रबाट पूर्व सहयोगी कर्ण मल्ल नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ भने स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल पनि प्रतिष्पर्धामा हुनुहुन्छ ।

पछिल्लो समय ढकालको पक्षमा निर्वाचनको माहोल तातिदै गएपछि प्रधानमन्त्री देउवाको टिमले खतरा महसुश गरेको छ ।

prabhu bank
nawakantipur long