stcnepal long ad
global ime bank long

सेवा निवृत्त एआइजीद्वयको बिदाइ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभएको छ।

सो क्रममा प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र सङ्गठनको श्रीवृद्धिमा गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले अवकाशपछिको व्यावसायिक एवं पारिवारिक जीवन सुखमय होस् भनी शुभकामना दिनुभयो।

उहाँले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा सङ्गठनको व्यावसायिकताका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय धानुक र बिसीलाई मायाको चिनो प्रदान गर्नुभयो।

कार्यक्रममा सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयले आफ्नो सेवा अवधिमा गरेका अनुभवबारे जानकारी गराउनुभएको थियो।

सेवा अवधिभर सङ्गठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै उहाँहरूले आगामी दिनमा सङ्गठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाउनुभयो।

उहाँहरु २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो। दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेरहदका कारण अवकास हुनुभएको हो।

IME Lifesidebar
kumari