stcnepal long ad
global ime bank long

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको  धातु  भन्सार  छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

 

IME Lifesidebar
kumari