stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ई–सिफारीस र डिजिटल सिग्नेचर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुको लागि ई–सिफारीस र डिजिटल सिग्नेचर सम्बन्धी अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको सो तालिमको शुभारम्भ गर्नुहुदै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका शिफारिस सेवालाई प्रारम्भमा प्रयोग गरिने बताउनुभयो ।

अब न्यायिक समितिका काम र भुक्तानी प्रणालीलाई पनि अनलाइन प्रणालीमा आवद्ध गरिने छ । काम सकिएपछि पैसा लिन अब कसैले पनि महानगरमा आउनु नपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महानगरपालिकालाई सूचना प्रविधिमैत्री र सुशासनमैत्री बनाउन महानगरपालिका अहोरात्र लागिपरेको बनाउनुभएको थियो ।

काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुको लागि आयोजित सो ई९सिफारीस र डिजिटल सिग्नेचर सम्बन्धी अभिमुखिकरण तालिमले महानगरबासीलाई महानगरपालिकाबाट प्रदान गरिने सेवा लिनका लागि छिटो, छरितो र प्रभावकारी हुने पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभएको थियो ।

पेपरलेस (कलम चलाउनु नपर्ने सेवा) र नागरिकको हातैमा सेवा पु¥याउने उद्देश्यले विद्युतीय सेवा विकास र विस्तार गर्न लागिएकोले महानगरपालिकाका वडा अध्यक्षहरुलाई यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

विद्युतीय शासन पद्धतिलाई विस्तार गर्न महानगरले नागरिकका लागि मोवाइल एप्लिकेसन र सेवा दिने अधिकारीका लागि डिजिटल हस्ताक्षर प्रणाली विकास गरिरहेको छ ।

अभिमुखीकरणमा वडाध्यक्षको डेक्समा आउने सूचना ग्रहण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने विधिका विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा छलफल गरिएको थियो ।

सेवा सम्बन्धी विवरण कम्प्युटरमा राख्ने क्रममा अहिले २० प्रकारका सेवा प्रविष्ट भइसकेको महानगरपालिका सूचना प्रबिधि विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।
यी सेवा सञ्चालनमा ल्याएपछि प्राप्त हुने पृष्ठपोषणका आधारमा अन्य सेवा थप गर्दै लगिने ढकालको भनाई छ ।

सेवालाई भरपर्दो र विश्वाश योग्य बनाउन सर्भर, इन्टरनेट र इन्ट्रानेटको परनिर्भरता कम गराउने प्रयास भइरहेको ढकालले जानकारी दिनुभयो । सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार वैकल्पिक इन्टरनेट जडान यसको नमूना हो ।

यसको सफ्टवेयर र हार्डवेयर दुवै पक्षको सन्तुलित विकास र विस्तार हाम्रो अहिलेको मुख्य काम हो ।
स्मार्ट पालिकाका अभियान निर्देशक विवश महतका अनुसार महानगरको सेवालाई प्रविधिकरण गर्दै सरल र सहज बनाउने काम नतिजामुखी बनेको छ ।

एकीकृत डिजिटल सेवा सञ्चालन गर्न महानगरपालिकाका वडा सचिवहरुलाई यस अघि नै अभिमुखीकरणमा सहभागी गराइसकिएको छ ।

यो प्रणाली अभ्यासका लागि विवरण सफ्टवेयरमा राखिसकेपछि सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइनेछ ।

यसमा उहाँहरुले अभ्यास गर्नुहुनेछ । अभ्यासका क्रममा केही समस्या परे, परामर्शदाताको कल सेन्टरमा फोन गरेर सिक्न सक्ने व्यवस्था गरिएको छ ।
अभिमुखीकरणमा डिजिटल सिक्नेचर, दर्ता चलानी, शिफारिस सञ्चालनलगायत विषयमा अभ्यास गरिएको छ ।

प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले सर्जमिन गर्नुपर्ने शिफारिसबाहेक अन्य शिफारिस लिन वडामा आउनै पर्दैन ।
महानगरपालिकाको सूचना प्रविभि विभागका कम्प्युटर अधिकृत सुधा शाक्यका अनुसार वडाबाट प्रदान गरिने १७२ वटा सिफारिस छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका प्रशासन विभागका प्रमुख महेश काम्ले लगायत महानगरपालिका प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari