stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घरभाडा मिहाना भए–नभएको स्थानीय तहले अनुगमन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार
काठमाडौं । सरकारले चैत महिनाको घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने बताएको छ । यसअघि सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो ।
सोही अनुसार घर भाडा मिनाहा भए–नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको छ ।
सम्बन्धित घरधनीले कोरोनाका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग पनि लक डाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरे पश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ ।
घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको घर बाहल कर र त्यसबाट हुने आय कर छुट गर्ने निर्णय यस अघि नै सरकारले गरिसकेको छ ।
prabhu mahalaxmi
kumari