citizens life insurance long ad
stcnepal long ad

न्युरोडबाट हुन्डी कारोबारीको अभियोगमा दुई भारतीय सहित तीन जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अवैध हुन्डी कारोबारमा संलग्नताको आरोपमा प्रहरीले काठमाडौंको न्युरोडबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ३१ लाख ८१ हजार ३८५ रुपैयाँ हुण्डी कारोबारमा प्रयोग भएको रकम बरामद भएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट बुधबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल, भारतको नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन्।

IME Life
kumari