stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अनाधिकृतरुपमा बढ्यो प्रेस ज्याकेटको दुरुपयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
 आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार
काठमाडौँ । विश्वव्यवापी कोभिड संक्रमणको जोखिम न्यूनिकरणसंगै संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन आदेशको आज ३७ औं दिने पुगेको छ । यस वीचमा जारी लकडाउन र यसको कार्यान्वयनमा अवज्ञा गर्ने प्रवृति बढेसंगै गत बैशाख १५ गते सोमवार गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिदै पास विनाका कुनै पनि सवारी साधन आवत–जावतमा रोक लगाउन निर्देशन दिए पछि अत्यावश्यक सेवा वाहेकका सवारी साधनहरू लकडाउनको अवज्ञा गर्दै सञ्चालन हुँदै आएका छन् ।
यसरी सञ्चालन भएका सवारी–साधन र व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिदै आएको छ, यो आफैमा सकारात्मक कदम हो । उपत्यकामा लकडाउन कार्यान्वयनमा गरिएको थप कडाईका बाबजुद प्रेस लेखिएको ज्याकेट वा कुनै अमुक सञ्चार माध्यमको नाम लेखिएको ज्याकेट लगाउँदै अनावश्यक रुपमा वाहिर निस्कने प्रवृति निकै बढेको पाइन्छ ।
पछिल्लो समय सञ्चार जगतसंग प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि सम्वद्ध नभएका व्यक्तिले पनि प्रेस लेखिएको ज्याकेट लगाउदै अनावश्यक रुपमा सवारी साधन चलाउने प्रवृति बढ्दो रहेको पाइएको प्रहरीले जनाएको छ ।
यदि यस किसिमको प्रवृतिको सयमानै नियन्त्रण नगर्ने हो भने भने जो कोहिले पनि प्रेस लेखेको ज्याकेट लगाउँदै हिडडुल गर्ने मात्र होइन जुनसुकै अवान्छित क्रियाकलाप गर्ने प्रवृति समेत बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।
यसरी सञ्चार जगतसंग कुनै सम्बन्ध नभएको व्यक्तिबाट हुँदै आएको प्रेस ज्याकेटको दुरुपयोग प्रति नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको ध्यानाकर्षण गराउदा भने- अहिलेको संकटपूर्ण अवस्थामा अनेकन असहजताका बीच अनेकौ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व बहन गरिरहेका पत्रकारले प्रयोग गर्ने प्रेस ज्याकेटको दुरुपयोग गर्नु आफैमा गम्भीर अपराध भएको बताउदै यस किसिमको काम कारवाही नगर्न आग्रह गर्नु भएको छ ।
त्यस्तै विष्टले पत्रकार साथीहरुलाई पनि रिपोटिङ्ग वा आवश्यकता वाहेकका अन्य समयमा अनावश्यक रुपमा हिडडुल नर्गन आग्रह गर्नु भएको छ । साथै उहाँले सुरक्षाकर्मीेहरूले पनि प्रेस ज्याकेटसंगै पत्रकार परिचय पत्रको भए नभएको जाँचबुझ गर्दै प्रेस ज्याकेटको दुरुपयोग रोक्न् समेत आग्रह गर्नु भएको छ ।
त्यस्तै पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष नारायण कुमार दाहालले संकटको यस विषम घडिमा प्रेस ज्याकेटको दुरुपयोग दण्डनीय अपराध भएको बताउदै यस किसिमको काम कारवाही नर्गन आग्रह गर्नु भएको छ । चेकजाँचको क्रममा यस किसिमको दुरुपयोग भएको पाईएमा कारवाही गरिने बताउनु भयो ।
वास्तवमा कोभिड संक्रमणको बढ्दो जोखिमको यस विषम अवस्थामा नेपाली प्रेस सम्वद्ध संघ–सस्थाको तर्फबाट अभिव्यक्त अभिव्यक्तिसंगै नेपाल प्रहरीले पनि बढ्दो प्रेस ज्याकेट दुरुपयोग प्रवृतिमा रोक लगाउन चेकजाँचलाई कडाइ गर्दै सूचना विभाग वा पत्रकार महासंघबाट जारी पत्रकार परिचय पत्रको नियमन गर्ने हो भने लकडाउन कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहतका निकायलाई दिएको निर्देशन अनुरुप पास विनाका कुनै पनि सवारी साधनको आवतजावतमा रोक लाग्नुको अलावा लकडाउनको कार्यान्वयनमा समेत थप सघाउ पुग्ने देखिन्छ ।
prabhu mahalaxmi
kumari