stcnepal long ad
global ime bank long

लेखापढी इकाई समिति कलंकीद्धारा एकलाख पचास हजार सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार 
काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएन इकाई समिति कलंकीले ‘कोरना भाइरस संक्रमण तथा रोकथाम उपचार कोष’ मा जम्मा हुने गरी एक लाख पचासहजार रुपैयाँ हस्तान्तरण गरेको छ । कोरना भाइरसबाट संक्रमितहरुको उद्धार र उपचारको निम्ति स्थापना गरेको कोषमा उक्त रकम जम्मा हुनेग री इकाई समिति कलंकीले चेक हस्तान्तरण गरेको हो ।
प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति माधब पौडेल, प्रदेश सभा सदस्यहरु पुकार महर्जन, केशब प्रसाद पोखरेल र रमा आले मगरलाई सयुक्त रुपमा इकाई समितिका अध्यक्ष पूर्णप्रसाद श्रेष्ठले चेक रकम हस्तान्तरण गरेका थिए । उक्त राहत हस्तान्तरण कार्यक्रममा  पौडेलले  “विश्व नै कोरना भाइरसका कारण आतंकित भइरहेको बेला नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले गरेको यो सहयोग अत्यत्त सह्रानीय र अनुकरणीय छ ।”
एसोसिएसनको केन्द्रीय अध्यक्ष सिताराम दाहालले आफ्नो मन्तब्यको क्रममा कोरना भाइसरको संक्रमणमा परेकाहरुको उपचारमा यो सहयोगले ठूलो अर्थ राख्नुका साथै एसोसिएसनको सबै इकाईहरुबाट सहयोग जारी रहने छ र केन्द्रीय समितिले पनि दुई लाख रुपैयाँ राहत कोषमा जम्मा गरि सकेको बताउनु भयो ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल नमराज, केन्द्रीय पेशागत दक्षता अभिबृद्धि समितिका संयोजक अधिवक्ता कृष्ण ढुङ्गाना, सदस्य जीतबहादु लामा, केन्द्रीय प्रचार प्रसार समितिका सदस्य भरतप्रसाद सेढाईं, केन्द्रीय अनुशासन समितिका सदस्य हरीप्रसाद आचार्य, काठमाडौ उपत्यका समन्वय समितिका सदस्य सचिव बासुदेब मिश्र, सदस्य जयराम प्रसाद लुईंटेल, इकाई समिति कलंकीका निवर्तमान अध्यक्ष रामजी प्रसाद गौतम समेतको उपस्थिति थियो ।
IME Lifesidebar
kumari