citizens life insurance long ad
stcnepal long ad

बडादसैं सकिएसँगै पर्व मनाएर कर्मथलोमा फर्किनेको चहलपहल बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बडादसैं सकिएसँगै पर्व मनाएर कर्मथलोमा फर्किनेको चहलपहल बढेको छ । हिजोदेखि विद्यालय तथा कार्यालयहरु सुरु भएसंगै सडकमा यात्रुको भीडभाड बढेको हो । दशैंको बेला सुनसान भएका सडकहरु व्यस्त भएका छन् ।

गाउँदेखि जिल्ला सदरमुकामसँगै प्रदेश मुकाम तथा संघीय राजधानी काठमाडौं जानेको राजमार्गहरुमा भीड बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाबाट काठमाडौं फर्कनेहरुलाई टिकट पाउन समेत सास्ती भएको छ । चाडपर्वका बेला सवारीमा चाप बढ्दा दुर्घटनाको जोखिम समेत बढ्ने हुँदा सुरक्षित भएर सीट क्षमतानुसार मात्रै यात्रु राखेर सवारी चलाउन पनि ट्राफिक प्रहरीले यातायात व्यवसायीर सवारी चालकलाई आग्रह गरेको छ ।

IME Life
kumari