citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार साँझ विज्ञप्ति जारी गर्नुहुँदै मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल नियुक्त गर्नुभएको जानकारी दिनुभयो।

यसैगरी, संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको छ।

राष्ट्रपति कार्यालयल नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम यी चार राजदूत नियुक्त गरिएको जनाएको छ।

IME Life
kumari