राजस्व बुझाउन काठमाडौँ फन पार्कलाई २४ घण्टे सूचना

तोकिएको समयमा राजस्व नबुझाए फनपार्कमा शिलबन्दी हुनेछ –राजस्व विभाग प्रमुख डा. अधिकारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले आज प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ ।

अहिलेसम्म बुझाउनु पर्ने कुनै पनि प्रकारको कर राजस्व नबुझाएको, राजस्व बुझाउन गरिएको ताकेतालाई वेवास्ता गरिएकोले २४ घण्टे सूचना जारी गर्नु परेको हो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘आज हामीले पत्र बुझाउन पठाएका थियौँ । उहाँहरुले बुझ्न मान्नुभएन ।

भोलि पत्र टाँस गछौँ । त्यसको २४ घण्टासम्म पनि राजस्व बुझाउन आउनुभएन भने फनपार्क शिलबन्दी गछौँ ।’ उहाँले वक्यौता प्राप्त गर्ने विषय उल्लेख गर्दै भन्नुभयो, ‘महानगरले प्राप्त गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।’

डा. अधिकारीकाअनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ । यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन । बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ । मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो । त्यसको विवरणका आधारमा हुन्छ ।

पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने
पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ ।

विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ ।

 

IME Lifesidebar
kumari