stcnepal long ad
global ime bank long

उपप्रमुख डंगोलबाट देवी नाच देवता घरको अनुगमन

देवघर पुननिर्माण सम्पन्न गर्न महानगरबाट थप सहयोगको अपेक्षा–गुठीयार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले दी प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को अनुगमन गर्नुभएको छ ।

आज सार्वजनिक निर्माण विभागका प्रमुख राम थापा, योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्य सहित उहाँ निरीक्षणका लागि पुग्नुभएको थियो ।

त्यस क्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा सदस्य हेराशोभा डंगोल र गुठीयारहरु सहभागी हुनुहुन्थ्यो । निरीक्षणका क्रममा उहाँले निर्माण शैली, यसको प्राविधिक पक्ष, तलाहरुको उपयोगजस्ता विषयमा जानकारी लिनुभएको थियो ।

देव घर महानगरपालिकाको वडा नं. १८ बिज्यापुननी, किलागलमा छ । अनुगमनका क्रममा नाचका नायो, कजि र गुरुसहित गुठियारहरुको एउटै माग थियो ।

देव घर पुननिर्माण गर्न थालेको धेरै भयो । अहिलेकै गतिमा काम गर्दा निर्माण सकिँदैन । देव घर निर्माण सम्पन्नताका लागि महानगरले थप सहयोग गर्नुपर्छ ।

गुठीयारहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, कानुनले दिएको अधिकारभित्र रहेर सहयोग गरिने बताउनुभयो ।

परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौँका मूर्त सम्पदालाई जीवन्त बनाइ राखेकोले यस्ता सम्पत्तिको सुरक्षामा आफ्नो लक्ष्य स्पष्ट भएको उपप्रमुख डंगोलको भनाइ थियो ।

मठ मन्दिर पुननिर्माण गर्दा काठ, धातु र ढुङ्गामा कुँदिने कलाका लागि महानगरको दररेट र बजारको भाउ नमिलेर समयमा काम हुन सकेन । देवी नाच देवघरका गुठीयार नरेन्द्र महर्जनको भनाइ थियो ।

‘कुमारीको प्रतीकका रुपमा राखिने मयुर झ्याल कुँद्न महानगरको दररेटअनुसार २० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाइँदैन । बजारमा ८० हजार रुपैयाँभन्दा कममा काम गर्ने कालिगढ पाइँदैन ।

यस्ता समस्याका कारण सम्पदाको मौलिकता कायम गराउन कठिन भयो ।’ गुठीयारहरुले कानुनी व्यवस्थासँग पुननिर्माणको बेमेलका प्रसङ्ग सुनाउनुभएको थियो ।

त्यस क्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, देवघर पुननिर्माणका लागि वडाले महानगरसँग गर्नुपर्ने प्रशासनिक र प्राविधिक समन्वयमा कमी हुन नदिनेृ बताउनुभयो । समयमा निर्माण सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । महर्जनको भनाइ थियो ।

देवघरका कजि नातिकाजी महर्जनले भवन निर्माण सम्पन्न भएपछि देवी नाचसँग सम्बन्धित सांस्कृतिक र सामाजिक काम गर्न धेरै सहज हुने धारणा राख्नुभयो ।

६ करोड रुपैयाँ लागत अनुमान र योजना गरेर देव घर पुननिर्माण थालिएको हो । महानगरले यसका लागि पहिलो बर्ष १ करोड रुपैयाँ र क्रमागत योजनाअन्तर्गत दोस्रो बर्ष १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

भवन ७ तलाको छ । देवी नाचमा ७ जना देवगण हुने भएकोले भवनलाई ७ तले बनाइने भएको हो । यस बर्ष इन्द्रजात्राका अवसरमा भोलिबाट नाच प्रदर्शन सुरु हुँदैछ ।

आजै बालाजु पार्कको अनुगमन
देवी नाच देवघरको अनुगमन पछि उपप्रमुख डंगोल वडा नं. १६ मा रहेको बालाजु बाइसधारा पार्कको अनुगमनमा जानुभएको थियो ।

त्यस क्रममा पार्कका प्रमुख दामोदर लामाले, पार्कको वर्तमान अवस्था र पुननिर्माणको प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो ।

IME Lifesidebar
kumari