मोबाइलफोन इम्पोर्टर्स एशोशिएसन (MPIA) द्वारा ८,००० मास्क हस्तान्तरण

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार
काठमाडौँ कोभिड(१९) महामारी नियन्त्रण गर्ने सुरक्षानिकायको प्रयत्नलाई सहयोग गर्न मोबाइलफोन इम्पोर्टर्स एशोशिएसन(MPIA) ले २०७७ बैसाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ । सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा MPIA का अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गर्नुभयो ।