stcnepal long ad
ime life insurance
national life
global ime bank long

लकडाउनमा धावनमार्ग विस्तार धमाधम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०,२०७७ बुधबार

काठमाडौँ । लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ । उडान बन्द भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ निर्माण तीव्र गतिमा भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फिनिसिङ’को काम भने रोकिएको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम करिब सकिएको छ, उपकरण आयात रोकिँदा जडानको काम भने प्रभावित छ ।
लकडाउनकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ पार्किङवे निर्माणको काम जारी छ ।
यही समयमा नै सम्पन्न गर्नेगरी निर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै रनवे इन्ड सेफ्टी एरिया (रेसा) अर्थात् धावनमार्गको अन्त्यमा थप तीन सय मिटर विस्तार गर्ने काम पनि भइरहेको र करिब एक हप्तामै यसको काम पनि पूरा हुने उहाँले बताउनुभयो । जहाज रनवे छाडेर बाहिर जानसक्ने जोखिमपूर्ण अवस्थालाई कम गर्न यसले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।
तोकिएको समयभन्दा छिट्टै सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भइसकेको प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
लकडाउनमा पनि उपलब्ध सामग्रीको उपयोग गरेर निर्माण भइरहेको छ, उहाँले भन्नुभयो, काम ठप्प नै भएको अवस्था छैन । बढीमा डेढ महिनासम्म यही अवस्था रहे पनि २०२० को अन्त्यसम्म विमानस्थल निर्माणको काम पूरा हुने उहाँले बताउनुभयो । भैरहवामा ९० प्रतिशतभन्दा भौतिक बढी प्रगति भए पनि उपकरणको सामान आयात हुन नसक्दा यसको निर्माण पूरा हुने समय केही पर धकेलिने उहाँले जानकारी दिनुभयो ।  आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari