citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

रेमन्ड सप र प्रभु बैंकले महानगरीय ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्यो १०० थान पीपीई

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ९, २०७७ मंगलबार

काठमाडौं । रेमन्ड सप र प्रभु बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ । महाशाखामा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

रेमन्ड सपका अध्यक्ष सञ्जय अधिकारीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई उक्त पिपिई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा धन्यावाद दिंदै नेपालमा पनि कोरोना भाइरस (कोभिड१९) संक्रमितहरु फेला परिसकेको अवस्थामा सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेको जानकारी प्रमुख ढकालले दिए ।

उनले उक्त पिपिई लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी संक्रमण हुनबाट सुरक्षित हुने र आम नागरिकहरुको पनि पूर्ण रूपमा सुरक्षा हुने कुरा बताए । कार्यक्रममा रेमन्स सपका अध्यक्ष अधिकारीले विपदको समयमा आम नागरिकको सहयोगको लागि सदैव क्रियाशील रहेको बताए ।

आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उहाँले उल्लेख गरे । कार्यक्रममा प्रहरी उपरिक्षकहरु, प्रहरी नायव उपरीक्षक, प्रहरी अधिकृतहरु तथा रेमन्स सप र प्रभु बैंककका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank