stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

ट्यांकर चालकले नै पेट्रोलमा पानी मिसाएपछि…

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
काठमाडौं ।  नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्यांकर चालकले नै पानी मिसाएको खुल्न आएको छ ।
शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको ८ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयांकरको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको छ । उक्त पेट्रोल पम्पले शनिबर बिहान पेट्रोल बिक्री गर्नुअघि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो ।
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो । त्यस लगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो ।
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयांकर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । टयांकर चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमको भनाई छ । रासस
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long