citizens life insurance long ad
stcnepal long ad

त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडक खण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौँतर्फ जाने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौँतर्फ जान अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार जनाएको छ ।

राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको बताए ।

प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौँबाट मंगलबार बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौँबाट आएको मिनी ट्रक, पालुङबाट हेटौँडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।

IME Life
kumari