stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंमाथप तीन जनामा हैजा पुष्टि भएको छ। मङ्गलबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको छ।

असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो। एक महिनाको अन्तरालमा ३४ जनामा हैजा पुष्टि भैसकेको छ ।

जसमध्ये १४ जना महिला र १३० जना पुरुष छन्। हैजा पुष्टि हुने सङ्ख्या सबै भन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन्। सो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ।

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमूनामा दिसामा पाइने कोलिपर्म जीवाणु भेएिको थियो। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन्।

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिशा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सकको भनाइ छ।

 

prabhu mahalaxmi
kumari