stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नाकामा कोरोना परीक्षण प्रभावकारी बनाउने तयारी
काठमाडौँ । झापाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटी लगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो ।

बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य संस्थामा गई सङ्क्रमण परीक्षण गर्न, बिनाकाममा भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ ।

प्रजिअ रिजालले काँकडभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रसले आपसमा समन्वय गरी कोभिड–१९ को परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन, वर्तमान अवस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण किट, भिटीएसलगायत अन्य सामग्रीको मौज्दात व्यवस्थापन गर्न लगाइएको जनाए ।

prabhu mahalaxmi
kumari