stcnepal long ad
global ime bank long

कोरोना उपचार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १ करोड सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार
काठमाडौं ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
आइक्यान परिषदको चैत ३० गते भएको भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौती गर्ने समेत निर्णय गरेको छ ।
यसैगरी, कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ ।
कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकाले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनले बताए ।
यसैगरी, लेखा व्यवसाय र लेखा परीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ । यस्तै, अनलाइन लर्निङ प्लेटफर्म तयार गरी भर्चुअल ट्रेनिङका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताए ।
IME Lifesidebar
kumari