citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सर्वोच्चमा हरेक दिन हरेक इजलासले ३२ वटा मुद्दा फर्स्यौट गर्नुपर्ने

शुक्रबारको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म बनाउने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका पुराना मुद्दाहरू शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताएको छ ।

 

 

मुद्दाहरूलाई शून्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्नुपर्ने अदालतले बताएको छ । पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको पनि अदालतले बताएको छ ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालतमा ५ वर्षसम्म रहेका मुद्दाहरूलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताउनुभयो ।

पुराना मुद्दाको चापले अदालतको नियमित सुनुवाइसमेत प्रभावित भएकोले आगामी साउन पहिलो हप्तादेखि पुराना मुद्दा शून्यमा झार्नेगरी काम हुने बताउनुभयो ।

सर्वोच्च अदालतले तयार गरेको कार्ययोजना अनुसार ५ वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेशी नतोकिएका मुद्दाहरूको पेशी पुनः स्थगित नहुने गरि तोकिने व्यवस्था कार्ययोजनामा राखिएको छ ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नारायण पन्थीले पुराना मुद्दाका पेशी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।

यस्तै सर्वोच्च अदालतमा कानून व्यवसायीको पृष्ठभूमिबाट न्यायाधीश बन्नु भएकाहरूको ल फर्मबाट आएको पुराना धेरै मुद्दा हेर्न नमिल्ने अवस्थामा रहेको समस्यालाई कार्ययोजनाले पूर्ण इजलासमा राखेर हेर्न मिल्ने गरी सुल्झाएको छ ।

यस्तै निवेदन तहका मुद्दाहरू दर्ता भएको दिन नै प्रकृति हेरी तत्काल सुनुवाइमा लैजाने गरी काम गर्ने पनि सर्वोच्च अदालतले बताएको छ । सर्वोच्च अदालतले बनाएको कार्य योजनालाई न्यायाधीशहरूको पूर्ण बैठकले अनुमोदन गरिसकेको छ ।

himalayan life insurance
igi long