stcnepal long ad
global ime bank long

पत्रकारलाई ५० थान प्रेस ज्याकेट सहित सुरक्षा सामग्री सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौँ । आरफ फार्मेसीले आज  प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखालाई ५० सेट प्रेस ज्याकेट सहित सुरक्षा सामग्री सहयोग गरेको छ ।

वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेट सहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर सङ्गठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आज हस्तन्तरण गरेका हुन् ।

कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार सङ्कलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गरेको हो ।

संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिए । यस अघि सो सङ्गठनको ललितपुर शाखाले पनि सञ्चारकर्मीका लागि प्रेस ज्याकेट वितरण गरेको थियो ।

IME Lifesidebar
kumari