stcnepal long ad
global ime bank long

‘आइएमई पे’ ले नयाँ वर्षमा फेसबुकमार्फत लाइभ सांगीतिक कार्यक्रम गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतवार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ ।

नयाँ वर्ष लामोसमयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरिष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन्  भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्ने छन ।

IME Lifesidebar
kumari