stcnepal long ad
global ime bank long

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज सानेपाबाट पक्राउ गरेको हो ।

 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैंक लिमिटेडको खातामा पर्याप्त मोज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

IME Lifesidebar
kumari