stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बढी मूल्यमा लिई बिक्री गर्ने  तीन पसल कारवाहीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा  तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचे वापत एक मासु पसल र दुई किराना पसललाई जरिवाना गरिएको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई रु दुई लाख जरिवाना तिराइएको छ ।

त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको ) रु तीन लाख जरिवाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको हो ।

ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।

यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तिसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो ।

kumari bank
kumari
nawakantipur long