stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरोना संक्रमण रोकथामका लागि ग्रामीण विकास लघुवित्तद्धारा सहयोग प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौं । नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ । संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको हो ।

कुल रकम मध्ये संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र  प्रदेश नं. १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा रु. २ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको हो ।

त्यस्तै प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, वाग्मती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, गण्डकी प्रदेश २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा रु. २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार गरी कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको हो ।

prabhu mahalaxmi
kumari