प्रधान सेनापति र लेवनानका राष्ट्रपतिबीच भेटघाट
काठमाडौं । गत असार ४ गतेबाट UNIFIL Mission, Lebanon को औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज २०७९ असार ८ गते लेवनानका महामहिम राष्ट्रपतिMr. Michel Aoun सँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।
उक्त भेटघाटको क्रममा, लेवनानका महामहिम राष्ट्रपतिMr. Aoun द्वारा नेपाली शान्ति सैनिकहरुको योगदान, विशेष गरी, लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरुले गरेको बलिदानको प्रशंसा गर्नुका साथै वहाँले लेवनानी स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको उत्कृष्ट सम्बन्ध, पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानको समेत उच्च प्रशंसा गर्नु भएको थियो ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपालका सम्माननीय राष्ट्रपतिको तर्फबाट लेवनानका महामहिम राष्ट्रपति तथा सम्पूर्ण लेवनानी जनतालाई पठाउनु भएको सद्भावना सन्देश जानकारी गराउनु भई लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानका महामहिम राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नु भएको व्यहोरा जानकारी गराईन्छ ।
साथै, UNIFIL Mission, Lebanon को ५ दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा, भ्रमणदल सहित, आज नै UNDOF Mission, Syria तर्फ प्रस्थान गर्नु भएको छ । प्रधान सेनापति महारथी शर्माले आजै उक्त मिशनका Head of Mission/Force Commander र Military Leadership Team सँग भेटघाट तथा छलफल गर्नु हुने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराइएको छ ।























