नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्व चयन
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका छन ।
संघको वरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए भने उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी छिन । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भएका छन । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरेका छन । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि गत जेठ २७ गते शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।
संघको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार सय २१५ मतदाता रहेका थिए । अध्यक्ष सहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको संघले जनाएको छ।




















