stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नुनमा नराम्रो चलखेल

काला व्यापारीहरुको प्रभावमा परेर केही व्यक्तिहरुले साल्ट ट्रेडिङ कर्पोरेशनले विक्रि वितरण गर्दै आएको नुनमा बढी मात्रामा आयोडिन मिसाएको भन्दै कथित प्रतिवेदन तयार गरेको छ ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । विगत लामो समयदेखि नुनको व्यापार साल्ट टेडिङ कर्पोरेशन लिमिटेडले गर्दै आएको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारको नीति, निर्देशन र आदेश अनुसार नुनमा आयोडिन मिसाउँदै आएको छ ।

आयोडिनयुक्त नुनको सेवनले गलगाँड लगायतका अन्य रोगहरुको निदान गर्ने गरेको विभिन्न प्रतिवेदनहरुले देखाउँदै आएको भएपनि पछिल्लो समयमा केही काला व्यापारीहरुको प्रभावमा परेर केही व्यक्तिहरुले साल्ट ट्रेडिङ कर्पोरेशनले विक्रि वितरण गर्दै आएको नुनमा बढी मात्रामा आयोडिन मिसाएको भन्दै कथित प्रतिवेदन तयार गरेको छ ।

 

 

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न मुलुकमा कति मात्रामा नुनमा आयोडिन मिसाउनु पर्दछ भन्ने निर्देशन दिए नुसार नुनमा आयोडिन मिसाउँदा उत्पादन हुँदाको समयमा कम्तिमा ५० पिपिएम मिसाउने र त्यसरी तयार गरिएको नुन दोस्रो पक्ष कहाँ पुग्दा कम्तिमा ३५ पिपिएम हुनुपर्ने र उपभोक्ताहरुकोमा पुग्दा कम्तिमा १५ पिपिएम हुनुपर्ने निर्देशन जारी गरेको थियो।

त्यही निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नुनमा यति पिपिएम मिसाएर नुन विक्रि वितरण गर्ने भन्ने निर्देशन साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने गरेको छ । त्यही निर्देशन अनुसार साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको विक्रि वितरण गर्दै आएको छ ।

केही वर्षअघि देखि केही काला व्यापारीहरुले सरकारलाई आफ्नो प्रभावमा पारेर नुनको व्यापार निजी क्षेत्रलाई दिनुपर्ने लविङ्ग गर्दै आएका छन।

विगतको बजेटमा समेत नुनको व्यापार गर्न निजी क्षेत्रलाई दिने भन्ने शब्द बजेटमा घुसाउन सफल भएका थिए ।

citizen life insurance sidebar

तर त्यसलाई सरकारले भुलसुधार गरेपछि अहिले तिनै काला व्यापारीहरुको प्रभावमा परी आयोडिनयुक्त नुनमा आयोडिन बढी मिसाएको हुनाले जनस्वास्थ्यमा प्रभाव परेको भन्दै त्यसै अनुरुपको झुटा र नक्कली प्रतिवेदन तयार गरी सार्वजनिक गरेपछि स्वास्थ्यविद्हरुले भने उक्त प्रतिवेदन गलत रहेको र बढी आयोडिनयुक्त खाँदा स्वास्थ्यमा कुनै असर नपर्ने बताउँदै आएका छन् ।

आयोडिन बढी हुँदा जनतालाई थाइराइड भएको भन्ने कथित प्रतिवेदनलाई वरिष्ठ थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले ठाडै खारेज गरि दिएका छन ।

डा. भट्टराईका अनुसार आयोडिन बढी हुँदा थाइराइड भयो भन्नु स्वत गलत रहेको भन्दै पहिला आयोडिनको कमी हुँदा गलगाँड र सुस्त मनस्थिति भएका बच्चा जन्मिने गरेको भएपनि अहिले त्यस्तो अवस्था नभएको भन्दै अहिले पनि आयोडिन नुनलाई प्रश्रय दिनुपर्ने बताएका छन ।

नेपालमा आयोडिनयुक्त नुन जनताको घरघरमा पुगेपछि गलगाँड, सुस्त मनस्थितिका बच्चा जन्मिने क्रममा व्यापक सुधार आएको तथ्यलाई नजरअन्दाज गर्दै कसैलाई खुसी पार्ने उदेश्यले तयार गरिएको कथित प्रतिवेदनको औचित्य नरहेको प्रष्ट भएको विज्ञहरूले बताएका छन ।

prabhu mahalaxmi
kumari