citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आजदेखि १२ वर्ष माथिका बालबालिकालाई बुस्टर डोज दिइने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । कोरोना विरुद्ध दुई डोजको खोप लगाइसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ ।

उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

 

बुस्टरमा फाइजर खोप लगाउँदा ०।३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०।२५ एमएल दिनुपर्ने हुन्छ । बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

यसैबीच, मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।

सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गरिने बताइएको छ ।

himalayan life insurance
igi long