citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज गोर्खाज फाइनान्सको साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज गोर्खाज फाइनान्सले २७ औं वार्षिक साधारण सभा गर्दैछ । साधारण सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ ।

 

 

साथै सभाले सञ्चालक समितिमा रिक्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।

सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

himalayan life insurance
igi long