citizens life insurance long ad
stcnepal long ad

सिसडोलमा फोहोर फाल्न अबरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिसडोल ल्याण्डफिल्ड साइडमा फोहोर बोकेर जाँदै गरेका काठमाडौ महानगरपालिकाका गाडिलाई सिसडोल बासीले हिजो एक पक्षिय ढंगले गरिएको सहमति नमान्ने भन्दै फोहोर फाल्न अवरोध गरेका छन।

धादिङ र नुवाकोटको सीमामा पर्ने बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले रोक लगाएका छन् । सहरी विकास मन्त्रालय मन्त्रालय, काठमाडौँ महानगरपालिका र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिमा असहमति जनाउँदै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।

 

 

 

हिजो साँझ मन्त्रालय, महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आज जेठ २४ गते मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

तर बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् ।

सहमति नमान्ने भन्दै उनीहरु फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन ।

गत जेठ १४ गतेबाट उपत्यकाको फोहोर उठ्न नसक्दा सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

IME Life
kumari