citizens life insurance long ad
stcnepal long ad

अडिटर्स एशोसिएशनको अध्यक्ष पौडेल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान ) को छैटौँ राष्ट्रिय महाधिवेशनले केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ।

काठमाडौंको एभरेष्ट होटेलमा सम्पन्न महाधिवेशनको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।

 

 

 

उदघाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली, अडानका संस्थापक अध्यक्ष कमल खरेल र निवर्तमान अध्यक्ष मोहनराज रेग्मी लगायतले सम्बोधन गरेका थिए।

महाधिवेशनले आगामी ३ वर्षका लागि पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको गरेको छ।

नेपाल अडिटर्स एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा बद्रीप्रसाद भट्टराई, प्रथम उपाध्यक्षमा डोल प्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ र तृतीय उपाध्यक्षमा झलकमणि लम्साल चयन भएका छन्।

त्यस्तै प्रदेश उपाध्यक्षहरुमा पोषराज नेपाल (प्रदेश नं १), प्रदीपकुमार यादव (मधेश), रामजीप्रसाद अधिकारी (बागमती), भोलानाथ पाठक (उपत्यका), बिलबहादुर भुजेल (गण्डकी), रमेश केसी (लुम्बनी), बहादुरसिंह बिष्ट (सुदूरपश्चिम) र बलराम रेग्मी (कर्णाली) चयन भएका छन्। महिला उपाध्यक्षमा मीरा श्रेष्ठ र महासचिवमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी उपमहासचिवहरुमा भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी, हरिबहादुर कार्की, जयाकुमारी झा, साबित्री शर्मा र तिलकबहादुर अधिकारी चयन भएका छन्। सचिवहरुमा रामगोपाल महर्जन (उपत्यका), मायाबादे श्रेष्ठ (बागमती), कामोद झा (मधेश), शिवराज बराल (गण्डकी), चन्द्रभक्त श्रेष्ठ (उपत्यका) पदमराज शर्मा उपाध्याय (सुदूरपश्चिम), नेत्रप्रसाद ज्ञवाली (लुम्बनी), गोकर्णप्रसाद आचार्य (लुम्बिनी) र जयधर्म पोखरेल (प्रदेश नं. १) निर्वाचित भएका छन्। कोषाध्यक्षमा बलराम चौधरी र सहकोषाध्यक्ष सुनिल आचार्य रहेका छन्।

राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनिधि र २०० पर्यवेक्षकको सहभागिता रहेको थियो। महाधिवेशनले १९ बुँदे घोषणापत्र पनि जारी गरेको बताइएको छ।

IME Life
kumari