stcnepal long ad
global ime bank long

जनआन्दोलन दिवसमा शुभकामना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । जनआन्दोलन दिवसका शुभअवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले एक विज्ञप्ति प्रकाशित गरी हार्दिक शुभकामना दिदै भन्नुभएको छ । ३० वर्ष अघिको आजकै दिन अर्थात् वि.सं. २०४६ चैत्र २६ गते जनताको सहयोग, समर्थन र सहभागिताबाट सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन सफल भई लोकतन्त्र पुनःस्थापना भएको दिन हो ।

यो शुभ दिनमा सबै नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा लोकतन्त्रले प्रत्याभूत गरेका कर्तव्य र अधिकारबाट सदैव सुसज्जित हुन अवसर प्राप्त भइरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

लोकतान्त्रिक योद्धाहरुले बगाएको रगत र पसिनाको उच्च सम्मान गर्दै आजको दिनको महत्ता र गरिमालाई चिरस्थायी बनाउन जनआन्दोलनका जगमा स्थापित लोकतन्त्रका आधारभूत मान्यता, लोकतान्त्रिक संविधानको संरक्षण, नागरिक अधिकार र स्वतन्त्रताको सम्बर्द्धन तथा सबै राष्ट्रिय संस्थाहरुको महत्व र गरिमाको सम्मान गर्नु सबै राजनीतिक दलहरु, नागरिक समाज र सरकारको कर्तव्य हो । तसर्थ भ्रष्टाचार, अविवेकी निर्णय, लोकतान्त्रिक मूल्य–मान्यता माथिको प्रहार जस्ता विषयमा सम्वेदनशील हुँदै सरकारले लोकतन्त्रप्रतिको आफ्नो विश्वसलाई दृढ बनाउँदै जनतामा लोकतन्त्र प्रतिको भरोसा बढाउने तर्फ उन्मुख रहोस् भनी विशेषतःसबै राजनीतिक दलहरुमा आग्रह गर्दछु । (नवीन्द्रराज जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

IME Lifesidebar
kumari