stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गर्न आयोगको निर्देशन

निजी क्षेत्रलाई पनि मतदानका दिन बिदा दिन आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न निर्वाचन आयोगले नेपाल सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसममका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षात्को पानीबाट पर्ने पाल÷त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहहरूले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको सोमबारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

अत्यावश्क सेवाका लागि सवारी पास नचाइने

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न आयोगले मतदानका दिन आन्तरिक रूपमा सञ्चालन
हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ ।

निर्वाचन सम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्कर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मको लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय गरेको छ ।

मतदाता परिचयपत्र वितरण गरिँदै

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २ ९ गते) मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्नेछ ।

आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीहरूको माध्यमबाट मतदान गर्ने सही तरिका गराउन निर्देशन दिएको छ ।

मौन अवधिमा कडाइ आयोगले स्थानीय तह निर्वाचनको मौन अवधिमा विभिन्न टेलिकम सेवा प्रदायक मार्फत Value Added Service (VAS) सेवा प्रदायकहरूबाट मौन अवधिमा कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको Bulk SMS सेवा सम्बन्धी काम नगर्न सम्बन्धितVAS सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आयोगले आवश्यक निर्देशन दिएको छ ।

मतदानका दिन बिदा दिन आग्रह

यस्तै स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजीक्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari