बिफिनले एकदिने इन्स्योरेन्स कन्फरेन्स आयोजना गर्ने
काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (BFIN) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (BITECH) सँगको सहकार्यमा ““Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change” शिर्षकको एकदिने सम्मेलन ३० अप्रिल २०२२ (१७ बैशाख २०७९) मा Aloft Hotel काठमाडौंमा आयोजना गर्ने भएको छ ।
सम्मेलनमा बिमा व्यवसायीहरु, बैंकरहरु, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका Professionals हरुको समेत सहभागिता रहनेछ ।
सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अथिती बिमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले गर्ने र विशिष्ट अथितीको रुपमा प्रोफेसर डा. हरिवंश चतुर्वेदी (बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी (BITECH) रहने कार्यक्रम रहेको छ ।
सम्मेलन आयोजनाबाट कोरोना महामारीको असर पश्चात परिवर्तित बिमा व्यवसायीक वातावरणको मागको साथै बिमा क्षेत्रमा देखिएका कैयौं नयाँ आयामहरु जस्तै उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाहरु, Insur-Tech को विकास, साइबार सुरक्षा, जलवायु परिवर्तन, तिव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता (Complexity of Talent) लगायतका विषयमा छलफल गरि आगामी दशकमा बिमा व्यवसाय संचालनको मोडेल तय गर्न नेपालको बिमा व्यवसाय क्षेत्रलाई ठुलो सहयोग पुग्ने विश्वास BFIN ले लिएको छ ।
कार्यक्रमको प्रमुख प्रायोजकManoj Reinsurance Broker, मुख्य प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिल्भर स्पोन्सर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, जेबी बोडा इन्स्योरेन्स, एटलस डी कार्गो प्रा. लिमिटेड र मिडिया पार्टनर द इन्स्योरेन्स टाइम्सको साथसाथै बीमा क्षेत्रका सम्पूर्ण संस्थाहरूलाई सहभागीताको लागि बिफिन धन्यवाद दिदै आगामि दिनहरुमा समेत व्यवसायीक निरन्तरताको अपेक्षा गर्दछ ।

























