stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सडक विभागमा एमसीसीको सहयोगमा निर्मित नयाँ प्रयोगशालाहरूको उद्घाटन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का प्रतिनिधिहरूले आज एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रूक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले ती प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा स कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको रु. ६.३८ अर्ब अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुशी व्यक्त गरे ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मतका लागि पहिलो पटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मत सम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गरे ।

एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजना अन्तर्गत करिब रु. ४४.५३ करोड बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ । उक्त सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमतामापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मत सम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ ।

करिब रु. १६.५९ करोड मूल्यकोे सुपरपेभ आस्फाल्ट मिक्स डिजाइन सम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टो मिटर लगायतका उपकरणहरू जडान गरिएको उक्त प्रयोगशाला भवन करिब रु. ७३.२० लाखको लागतमा निर्माण गरिएको हो ।

प्रयोगशालामा जडान गरिएका उपकरणहरू सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजना सम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमित रूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिनेछ ।

prabhu mahalaxmi
kumari