citizens life insurance long ad

चीनको उत्पादन सेवा क्षेत्रहरु कोभिडको प्रभावले गर्दा निष्क्रिय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनमा कोभिड –१९ संकटकालको चरमोत्कर्षले गर्दा त्यहाँको उत्पादन तथा सेवा क्षेत्रहरुमा मार्च महिनामा गिरावट आएको उल्लेख एक आधिकारीक निरीक्षणले मार्च ३१, २०२२ का दिन देखाएको छ ।

आधिकारीक उत्पादन पी.एम.आई (परचेजिङ मैनेजर्स इन्डेक्स) फरबरीमा ५०,२ बाट ४९.५ मा झर्न पुगेको उल्लेख नेशनल ब्यूरो अफ स्टैटिक्सले बताएको थियो , जबकि गैर उत्पादनको पी.एम.आई. सिन्हा समाचार एजेन्सीका अनुसार ४८.४ बाट ५१.६ प्रतिशत समृद्धि फरबरीमा रहेको थियो ।

५० भन्दा माथिकोले विस्तार देखाउँछ भने सो भन्दा तलको अंकले संकुचन अर्थात गिरावट (तल झरेको) देखाउँछ । कोरोना भाइरसको प्रारम्भिक अवस्थामा गत वर्ष पनि दुवै पी.एम.आई ५० भन्दा तल नै रहेको थियो ।

विश्वको दोस्रो ठुलो अर्थ व्यवस्था २०२२ को पहिलो दुई महिनामा उभो लागेको थियो । तर अधिकारीहरुले कोभिड संक्रमणको वेवास्ता गरेको कारण संघाई तथा शेन्जेन लगायतका थुपै नगरहरुमा तेजीसाथ तल झर्ने स्थितिमा रहेको छ ।

सञ्चार माध्यमको प्रतिवेदनमा उल्लेख गरिए अनुसार २०२० मा संकटकालको प्रारम्भमा चिनियाँ अधिकारीहरुले सवभन्दा कडा रुपमा लकडाउन लागु गरेको कोभिड–१९को स्थिति तेजी साथ बढेको थियो । तर जे भएपनि युक्रेन–रुस बीचको संघर्षका बावजुद पनि चीनका विश्लेषकहरुले देशको आर्थिक वृद्धिको अपेक्षा गरेका थिए ।

चीनका प्रधानमन्त्री लि केकी याङ्गले १३ औं नेशनल पिपुल्स काँग्रेसकाको पाचौं सत्रमा आगामी वर्षमा आर्थिक वृद्धिको लक्ष्य बारे स्पष्ट गर्दै सञ्चार माध्यहरुलाई अपेक्षित बृद्धि प्राप्त गर्ने बारे जानकारी गराएका थिए ।

ली ले भनेका थिए “५५ प्रतिशतको बृद्धि दर उच्च स्तरको स्थायीत्व र प्रगती हो, त्यसको प्राप्ती सजिलो छैन किनकी त्यसका लागि सान्दर्भिक बहु–आर्थिक नीतिहरुबाट समेत समर्थित हुनुपर्छ ।”

ली ले यो पनि भनोक थिए कि चीनलाई नयाँ कार्य क्षेत्रहरु चाहिन्छ, जस्तो नयाँ मजदुरहरुलाई प्रशिक्षण दिने कार्य, जसलाई सरकारले सघाउने छ ।

चीनको खस्किंदो कार्य–बजार हालका वर्षहरुमा सरोकारको बिषय बन्न गएकोले आलोचना महत्वपूर्ण रहेको छ । चीन इन्स्टीच्यूट फर इम्प्लोयमेन्ट रिसर्च (सि.आई.ई.आर) द्धारा हालै चीनको रेन्मिन विश्वविद्यालय तथा जौब सर्च वेवसाइट झाओपिनले जानकारी गराएको थियो कि चीनका विश्वविद्यालयबाट उत्तीर्ण नयाँ स्नातकहरुलाई २०२१ को अन्तिम चरणमा ०,८८ प्रतिशत झर्न पुगेको उल्लेख ‘द हङकङ’ पोस्टले गरेको प्रसंग समेतको सम्झना गर्दै जानकारी गराईएको थियो ।

चीनले सामना गर्दै आएको एक ठुलो आर्थिक अनिश्चितता विश्वव्यापी स्तरमा बढेको तेलको मूल्य तथा रुस विरुद्धको प्रतिवन्धको अनुपालन गर्दै युक्रेनमा सञ्चालित रहँदै आएको संघर्ष समेतको उल्लेख गरिएको तियो

IME Lifesidebar
kumari