citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैशाख ८ गते डब्लुएचओका महानिर्देशक नेपाल आउने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा. गेब्रेयसस भोलि वैशाख ८ गते अपराह्न १२ः२५ बजे नेपाल आउनु हुनेछ ।

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ ।

त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ । यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारी सहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।

महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ वैशाख १० गते नेपालबाट फर्कनु हुने कार्यक्रम रहेको छ ।

himalayan life insurance
igi long