stcnepal long ad
ime life insurance
global ime bank long

आगामी निर्वाचनमा पनि जनमत अनुसार नै परिणाम आउने :महासचिव पोखरेल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक भएको बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा सो पार्टीको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय भेलामा महासचिव पोखरेलले त्यस्तो शक्तिका रुपमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे ।

महासचिव पोखरेलले विगतमा एमालेलाई मधेस प्रदेशमा छिर्न समेत नदिइएकामा अहिले जनसमर्थन बढेको, माओवादी केन्द्रसँगको एकताको निरन्तरताको पार्टीका रुपमा पनि एमाले रहेकाले यो पार्टी पहिलो शक्ति हुने तर्क राखे ।

कार्यक्रममा पार्टी प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तह निर्वाचनको परिणामबाटै केही दलको अस्तित्व मेटिने उहाँले दावी गर्नुभयो । आगामी निर्वाचनमा पहिलो पार्टी फेरि एमाले नै हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतले धारणा राख्नुभयो ।

prabhu mahalaxmi
kumari