stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल टेलिकमद्वारा मुनाफा वितरण सुरू

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीका शेयरधनीलाई प्रत्येक एक सय कित्ता सेयर बराबर बीस कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु.२० का दरले नगद लाभांश वितरण गर्न सुरू गरेको छ ।

कम्पनीको १४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु। १८ अर्ब पुरयाउने प्रस्ताव पारित गरेको थियो । १४औँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम २०७८ चैत २४ गते देखि शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरेको छ ।

करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति रहेको साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेको छ। साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्त निर्धारण गरेको जनाएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न रचनात्मक सुझावका लागि आग्रह गरेका छन ।

सचिव अर्यालले भने(“कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको छ । महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महसुलमा छुट दिनुका साथै जरिवाना समेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको छ ।”

नेपाल टेलिकमले आ।व। २०७७/७८ मा कर तथा गैर करवापत आफ्नो कूल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् रु. २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन ।

कम्पनीले इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । स्याटेलाइट प्रविधिको प्रयोगद्वारा विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवा समेत उपलब्ध गराइएको जनाएको छ ।

प्रवक्ता अधिकारीले भने– “मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ ।” नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुरयाउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ।

 

prabhu mahalaxmi
kumari